Rule 119
जाँचबुझ गर्ने अधिकृतले अपनाउनु पर्ने कार्यविधि
: (१) नियम ११८ को उपनियम (२) बमोजिम जाँचबुझ गर्ने अधिकृतलाई देहायको कार्यविधि अपनाई जाँचबुझको कारबाही चलाउने अधिकार  हुनेछ :–
(क)   बयान गराउने, लिखित प्रमाण दाखिल गराउने र साक्षीको नाउँमा समाह्वान जारी गराउने आदि विषयमा अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने,
(ख)   अभियोग लागेको सशस्त्र प्रहरी कर्मचारीको रोहवरमा सबुद प्रमाण बुझ्ने,
(ग)   अभियोग लागेको सशस्त्र प्रहरी कर्मचारीलाई साक्षीसँग जिरह गर्न र अभियोग विरुद्ध सबुद प्रमाण दाखिल गर्ने मौका दिने ।
      (२) उपनियम (१) बमोजिमको जाँचबुझको काम सकिएपछि विभागीय सजायको आदेश दिन पाउने अधिकारी समक्ष जाँचबुझ अधिकृतले प्रतिवेदन पेश गर्नु पर्नेछ । निजले त्यस्तो प्रतिवेदनमा विभागीय सजाय सम्बन्धी कारण सहितको आफ्नो ठहरको साथै जो भएको सवुद प्रमाण पनि दाखिल गर्नु पर्नेछ ।